तीन लघुवित्तको शेयर लिलामी बिक्री खुला
काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको तीन लघुवित्तको शेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स र महुली लघुवित्तको संस्थापक शेयर लिलामी बिक्री खुला गरेको हो ।
बैंकले आरएमडीसीको २ लाख ८६ हजार १९ सय ५, मेरोको ५९ हजार ६ सय ६८ र महुलीको ५५ हजार ५ सय ७० कित्ता शेयर लिलामी बिक्रि गर्न लागेको हो।
बैंकको स्वामित्वमा रहेको लगानीकर्ताले आरएमडीसीको सेयरमा न्यूनतम ४ सय ७७ रुपैयाँ, मेरोको शेयरमा ५ सय ७५ रुपैयाँ र महुलीको शेयरमा न्यूनतम ७ सय ६८ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
बैंकले लिलामीमा राखेको लघुवित्तमा असार ११ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ ।



