आज सात वटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्ने

तु खबर संवाददाता
२०७८ असार १, मंगलवार १०:१८
file-photo

काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ को सातवटै प्रदेशले आज बजेट सार्वजनिक गर्ने भएको छ । असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार, आज सात वटै प्रदेशले बजेट प्रस्तुत गर्ने भएको हो ।

प्रदेश १ र बागमती प्रदेशमा दिउँसो ३ बजे बजेट प्रस्तुत हुँदैछ । प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे तथा कर्णाली प्रदेशमा दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने तयारी छ ।

हिजो मात्रै नीति तथा कार्यक्रम संसद प्रस्तुत गरेको गण्डकी प्रदेश सरकारले पनि आजै बजेट ल्याउँदै छ । बिहान १० बजे बस्ने प्रदेशसभा बैठकबाट नीति तथा कार्यक्रम पारित गरेर ४ बजे बजेट प्रस्तुत गर्ने गण्डकी प्रदेशको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*