सेयर बजारमा नयाँ रेकर्ड
२०७८ जेष्ठ ३१, सोमबार १२:२३
काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ ।
सेयर कारोबार मापक नेप्से परिसूचक ३ हजार माथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो ।
यसअघि आइतबारमात्रै २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड सोमबार नै तोडिएको छ । कारोबार खुलेको केही मिनेटमा नै नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।
आइतबार कारोबार रकम पनि १९ अर्ब ५५ करोड रुपैयाँ नाघेर नयाँ रेकर्ड कायम भएको हो ।



