प्रदेश परीक्षा बोर्ड स्थापना गर्ने बागमती सरकारको घोषणा
हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश परीक्षा बोर्ड स्थापना गर्ने भएको छ । आज बागमती सरकारको नीति तथा कार्यक्रम २०७८/०७९ सार्वजनिक गर्दै सरकारले यस्तो घोषणा हो ।
यसअघि राष्ट्रिय परीक्षा बोर्डले लिँदै आएका माद्यमिक तह उत्तीर्ण कक्षा १० को परीक्षा अब प्रदेश परीक्षा बोर्डले लिने छ ।
प्रदेश प्रमुख बिष्णु प्रसाईले प्रदेश परीक्षा बोर्ड बनाउने घोषणा गरेका हुन् । त्यसैगरी सरकारले प्रत्यक जिल्लामा एउटा नमूना वाल विकास कक्षा संचालन गर्ने घोषणा गरेको छ ।
