फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ बढेको छ । गत सोमबार प्रतितोला ३०० रुपैयाँले घटेको सुनको भाउ मंगलबार फेरी बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै आज नेपाली बजारमा सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज तेजाबी सुनको भाउ पनि प्रतितोला ३०० रुपैयाँले बढेर छ । भाउ बढेसँगै आज तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँ पुगेको छ ।
तर, आज चाँदीको मूल्य भने गत मंगलबारको मूल्य कायम हुँदै प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
