सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिंदै

तु खबर संवाददाता
२०७८ जेष्ठ २५, मंगलवार ०८:२९

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीका अनुसार मुख्यमन्त्री भट्टले मंगलबार बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका हुन् ।

मुख्यमन्त्रीले प्रदेशसभामा पेश गरेको विश्वासको प्रस्तावको पक्ष, विपक्ष र तटस्थ बस्ने प्रदेशसभा सदस्यका लागि समेत छुट्टाछुट्दै मत खसाल्ने व्यवस्था गरिएको उनले बताए ।

मुख्यमन्त्री भट्टले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिन आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*