दुई सातामा कोरोना संक्रमणका कारण विदेशमा १३ नेपालीको मृत्यु
काठमाडौं । कारोना भाइरस (कोभिड–१९) का कारण दुई साताको अवधिमा विदेशमा थप १३ जना नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दिएको जानकारी अनुसार साउदी अरबमा ७ जना, भारतमा ५ र कतारमा १ जना नेपालीको कोरोना संक्रमणका काराण् मृतयु भएको हो ।
संघले संकलन गरेको तथ्यांक अनुसार भारतसहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ३५ जना नेपालीको कोभिड–१९ का कारणले मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १० हजार ९६ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १ लाख ६८ हजार २३ हजार नेपाली कोरोना संक्रमणमुक्त भएका छन् ।
