बीरगञ्जमा असार १ गतेबाट विद्यालय सञ्चालन हुने

तु खबर संवाददाता
२०७८ जेष्ठ २२, शनिबार १५:१७

बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाले असार १ गतेबाट विद्यालयहरु खोल्ने निर्णय गरेको छ । विद्यार्थीको भौतीक उपस्थितिमै कक्षा ८ देखि १२ सम्मको कक्षा सञ्चालन गर्ने भएको हो ।

महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्राचार गर्दै विद्यालय सञ्चालन गर्न भनेको छ । सो कार्यका लागि अभिभावकबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य पालना गर्ने गराउने निर्णय पनि महानगरपालिकाको छ ।

असार १ गतेदेखि ७ गतेसम्म विद्यार्थी भर्ना गर्ने, असार ८ देखि १५ गतेसम्म भर्ना सप्ताह अन्तर्गत घरदैलो गर्ने र असार १५ पछि नियमित रुपमा पठनपाठन सुरु गर्ने निर्णय महानगरपालिकाले गरेको छ ।

विद्यार्थीको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै यस्तो निर्णय गर्नुपरेको महानगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रदिपकुमार निरौलाले असार १ गतेदेखि विद्यालय खोल्ने तयारी भइरहेको तु खबर लाई जानकारी दिए । ‘सबै विद्यालय होइन, ८ देखि १२ कक्षासम्मका विद्यालय खोल्ने निर्णय भएको हो, उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*