निषेधाज्ञा उल्लङ्घन गर्ने ३८८ पसल कारवाहीमा, १० हजारसम्म जरिवाना

तु खबर संवाददाता
२०७८ जेष्ठ १९,बुधबार १२:५१
Photo : daochitwan

चितवन । निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा चितवनमा ३८८ पसललाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले लगाएको निषेधाज्ञा उल्लङ्घन गरेकाले ती पसल कारवाहीमा परेको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, निषेधाज्ञा उल्लङ्घन गरी व्यापार व्यवसाय सञ्चालन गर्नेहरुलाई कारवाही गरिएको हो । ती पसलहरुलाई एक हजारदेखि १० हजार रुपैयाँसम्म कारवाही गरिएको छ ।

निषेधाज्ञाको समयमा अनावश्यक रुपमा बजारमा देखिएका सात हजार ७ सय सवारी साधनलाई कारबाही गरिएको छ ।

निषेधाज्ञा उल्लङ्घन गर्नेबाट कारवाहीस्वरुप २२ लाख ९१ हजार ४ सय रुपैयाँ राजश्व सङ्कलन गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण स्थानीय प्रशासनले गत वैशाख १७ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*