कर्मचारीको तलब मासिक २ हजार बढ्यो

तु खबर संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १८:२६
file-photo

काठमाडौं । सरकारले कर्मचारीको मनोबल उच्च बनाउने भन्दै मासिक २ हजार रुपैयाँ तलब बढाउने घोषणा गरेको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले आज सार्वजनिक गरेको बजेट अनुसार कर्मचारीको तलबमा मासिक २ हजार बढाउने घोषणा गरेका हुन् । महंगी भत्तालाई निरन्तरता दिइएको घोषणा पनि पौडेलले गरेका छन् ।

कर्मचारीको लागि १० लाखसम्मको बीमाको प्रिमियम पनि सरकारले तिरिदिने भएको छ । १ लाखसम्मको स्वास्थ्य उपचार बीमाको प्रिमियम पनि तिरिदिने घोषणा बजेटमा आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*