मकवानपुरमा थप १५९ जनामा कोरोना पुष्टि, हेटौँडा–४ का मात्रै ३२ जना

तु खबर संवाददाता
२०७८ बैशाख ३०, बिहीबार १६:०९
file-photo

मकवानपुर । मकवानपुरमा बिहिबार थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहिबार मकवानपुरको विभिन्न स्थानका ७२ जना महिला र ८७ जना पुरुष गरी १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

उनका अनुसार, संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ का रहेका छन् । त्यहाँ बिहिबार २१ जना महिला र ११ जना पुरुष गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, हेटौँडा–१ का ३ जना, हेटौँडा–२ का ९ जना, हेटौँडा–५ का १७ जना, हेटौँडा–६ का ८ जना, हेटौँडा–७ का ५ जना, हेटौँडा–८ का ५ जना, हेटौँडा–९ का ९ जना, हेटौँडा–१० का १४ जना, हेटौँडा– ११ का १७ जना, हेटौँडा–१२ का २ जना, हेटौँडा–१३ का १ जना, हेटौँडा–१५ का ३ जना, हेटौँडा–१६ का १ जना, हेटौँडा–१८ का ५ जना, हेटौंडा–१९ का ३ जना र वडा नम्बर खुल्न नसकेका हेटौंडाका अर्का ५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, मकवानपुरगढी गाउँपालिकाका ८ जना, बकैयाका एक जना, मनहरीका ५ जना र जिल्ला बाहिरका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक चौलागाईंले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*