फिलिपिन्समा ५.८ म्याग्‍निच्यूडको भूकम्प

एजेन्सी
२०७८ बैशाख २९, बुधबार १८:१३
file-photo

मनिला । भूकम्पीय जोखिममा रहेको देश फिलिपिन्सको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा बुधबार ५.८ म्याग्‍निच्यूडको भूकम्प गएको छ ।

फिलिपिन्सको भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समय अनुसार बुधबार बिहान ९.०९ बजे गएको भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ११० किलोमिटर गहिराइमा रहेको थियो ।

केन्द्रले यस भूकम्पबाट थप परकम्पहरु उत्पन्न हुन सक्ने भए पनि त्यति क्षति नगर्ने जनाएको छ । यस भूकम्पको धक्का मेट्रो मनिलामा पनि अनुभव गरिएको थियो । –सिन्ह्वा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*