बन्दुक पड्किएर मकवानपुरका एक जना घाइते

तु खबर संवाददाता
२०७८ बैशाख २९,बुधबार १६:४९

मकवानपुर । आफैले बोकेको अवैध भरुवा भन्दुक पड्किदा मकवानपुरका एक जना घाइते भएका छन् ।

घाइते हुनेमो मकवापुरको भीमफेदी गाउँपालिका वडा नम्वर ७ कोगटे बस्ने २८ वर्षीय गगनबहादुर सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालले जानकारी दिए ।

प्रवक्ता रिमालका अनुसार, मंगलबार १२ः०० बजेको समयमा भीमफेदी गाउँपालिका–७ स्थित रहेको भालेडाँडा सामुदायिक जंगलमा बाख्रा चराउन गएका सिंजालीको आपैmले बोकेको बन्दुर पड्किएर दाहिने साइडमा कम्मरको भागमा लागि घाइते भएका भएका हुन् ।

बन्दुक पड्किएर घाइते उनलाई आफन्तले उद्धार गरी उपचारको लागि हेटौँडा अस्पतालमा ल्याएको भनि विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले प्रारम्भीक अनुसन्धान गर्दा निज आफैले बोकेको बन्दुक पड्किएरको भन्ने खुल्ल आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले घटना स्थलबाट भरुवा बन्दुक थान १ समेत बरामद गरिएको तथा घाईतेको हाल प्रहरीको निगरानीमा उपचार भईरहेको जनाएको हो । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धन भइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*