स्थापना दिवसको अवसरमा बाल गृहलाई स्वास्थ्य सामग्रीसहित नगद सहयोग
मकवानपुर । बसामाडी जेसीजले आफ्नो स्थापना दिवसको अवसरमा हेटौँडाको एक बाल गृहलाई स्वास्थ्य सामग्रीसहित नगद सहयोग हस्तान्तरण गरेको छ ।
‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै सन् १९९९ मा स्थापना भएको बसामाडी जेसीजको स्थापना दिवस अवसरमा हेटौँडा–५ रहेको ‘हाम्रो घर’ बाल गृहलाई कोरोना संक्रमणबाट बच्न स्स्थ्य सुरक्षाका सामग्रीसहित नगद रु ५ हजार ५ सहयोग उपलब्ध गराएको हो ।
सहयोग सामग्री हस्तान्तरण गर्दै बसामाडी जेसीजका अध्यक्ष गौतम केसीले कोरोना महामारीका कारण बालबालिकाहरुलाई नकरात्मक असर पर्ने भएकाले कोरोना जोखिमबाट उनीहरुलाई बचाउन वैकल्पिक उपाय अवलम्बन गर्नुपर्ने बताए ।
साथै उनले कोरोना संक्रमण नियन्त्रणमा सक्रिय हेटौँडा असपताललाई पनि सहयोग उपलब्ध गराउने जानकारी दिए ।
