पोखरेललाई नै मुख्यमन्त्रीको उम्मेदवार बनाउने संसदीय दलको निर्णय

तु खबर संवाददाता
२०७८ बैशाख १९, आईतवार ११:५१
file-photo

मकवानपुर । नेकपा एमाले संसदीय दल लुम्बिनी प्रदेशले मुख्यमन्त्रीको उम्मेदवार पुनः शंकर पोखरेललाई नै बनाउने भएको छ ।

दलको आज बसेको बैठकले पोखरेललाई नै पुनः मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

दलका नेता पोखरेलको नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय भएको हो ।

दलको बैठक बसेर नयाँ सरकार फेरि शंकर पोखरेलकै नेतृत्वमा बनाउने निर्णय गरेको हो । पोखरेलले आजै दिएको राजीनामा स्वीकृत भइसकेको छ ।

८१ सदस्यीय प्रदेशसभामा एमालेसँग ४१ सांसद छन् । एमाले बाहेक विपक्षी दलहरुले दर्ता गराएको अविश्वासको प्रस्ताव माथि आजबाट छलफल गर्ने कार्यसूची तय भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*