बन्चरो प्रहारबाट मकवानपुरका सापकोटाको मृत्यु, एक पक्राउ

तु खबर संवाददाता
२०७८ बैशाख १२,आईतवार १०:४०
File Photo

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा बन्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान ९ बजेको समयमा कैलाश गाउँपालिका वडा नम्बर ३  मा आफ्नै छोराले बन्चरो प्रहार गर्दा बाबुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अभिनाश अधिकारीका अनुसार, बन्चरो प्रहरीबाट स्थानीय ५० वर्षीय बलराम सापकोटाको मृत्यु भएको हो ।

बन्चरो प्रहारबाट सापकोटाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले बन्चरो प्रहार गर्ने मृतकका छोरा ३० वर्षीय अन्जन सापकोटालाई पक्राउ गरेको छ । बन्चरो प्रहार गर्ने अन्जनलाई प्रहरी चौकी भार्ताको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

अन्जनले आफ्नो बाबुलाई के कारणले बन्चरो प्रहार गरेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*