कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ३० लाख नाघ्यो
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण मृत्यु हुनेको संख्या ३० लाख नाघेको छ ।
अमेरिकाको जोन्स हपिकिंस विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट सबैभन्दा धेरै अमेरिका, भारत र ब्राजिलमा मृत्यु भएको छ । यी तीन देशहरुमा मृत्यु हुनेको संख्या १० भन्दा बढी रहेको छ ।
समाचार एजेन्सी एएफपीलाई उद्धृत गर्दै बीबीसीले विश्वभर पछिल्लो केही हप्तामा औसमत १२ हजार संक्रमितको व्यक्ति मृत्यु भएको छ ।
विश्वभर १६५ देशमा ८६ करोड कोरोनाभाइरसको खोप दिइएको छ ।
