सहकारी दिवसको अवसरमा आश्रममा फलफूल तथा खाद्यान्न वितरण

तु खबर संवाददाता
२०७७ चैत्र १९,बिहीबार १६:२५

मकवानपुर । सहकारी दिवसको अवसरमा मकवानपुरका विभिन्न आश्रमहरुमा फलफूल र खाद्यान्न वितरण गरिएको छ ।

बिहिबार ६४ औं राष्ट्रिय सहकारी दिवस बागमती प्रदेश स्तरीय मुल समारोह समिति २०७७ को आयोजनामा हेटौँडामा रहेका तीन ओटा आश्रममा फलफुल तथा खाद्यान्न वितरण गरिएको हो ।

खाद्यान्न खरिदको लागि श्रीमद्भागवत ज्ञान संचार वृद्धाश्रम हेटौंडा १७, दिब्यसेवा निकेतन जेष्ठ नागरिक आश्रय स्थल हेटौंडा–१५, ॐ वृद्धाश्रम हेटौंडा–१ मा फलफुल र खाद्यान्न खरिदका लागि १० हजार बराबरको चेक हस्तान्तरण गरिएको मुल समारोह समितिले जनाएको छ ।

कार्यक्रममा सहकारी दिवस बागमती प्रदेश मुल समारोह समितिका संयोजक नारायण प्रसाद देबकोटा, बागमती प्रदेश भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव मतिना जोशी बैध, सहकारी रजिस्ट्रार बिक्रम प्रसाद पाण्डे, बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टीका बल्लभ सापकोटा, जिल्ला बचत संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने, जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेब अधिकारी, जिल्ला सहकारी संघ मकवानपुरका व्यवस्थापक गोबिन्द दाहाल, जिल्ला युवा समितिका अध्यक्ष तथा मकवानपुर जिल्ला सहकारी संघका कार्यक्रम संयोजक शिबहरी दाहाललगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*