विदेशी खेलाडीविरुद्ध टिक्न सकेन बागमती, आरस सेमिफाइनलमा

तु खबर संवाददाता
२०७७ चैत्र ३, मंगलवार १८:२१

मकवानपुर । हेटौँडामा जारी स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप अन्तरगत मंगलबार भएको खेलमा क्यामरुनी क्लब अफ्रिकन रुट्स एसोसियसन (आरस) ले जित दर्ता गरेको छ । आरसले सर्लाहीको बागमती युवा क्लबलाई २–१ को गोल अन्तरले हराएको हो ।

आरसका तर्फबाट दुबै गोल खेलको अन्त्यमा जर्सी नम्वर ७ का लुइस र जर्सी नम्वर १३ का बास्सेकले गरेका थिए । खेलको पहिलो हाफको २५ औं मिनेटमा बागमतीको तर्फबाट पहिलो गोल गरिएतापनि अग्रता कायम राख्न नसक्दा आरससँग बागमती पराजित हुनुपर्यो ।

बागमतीका तर्फबाट १ मा त्र गोल विदेशी खेलाडी जर्सी नम्वर १२ का स्टेफेन समिरले गरे ।

खेलको पहिलो हाफमा मध्यम स्तरको खेल खेलिरहेको आरसले दोस्रो हाफमा खेललाई सुधारदै बागमतीलाई दबाबमा राख्न सफल भएको थियो ।

आरसका लागि खेलको ८९ औं मिनेटमा जर्सी नम्वर १३ का बास्सेक र खेलको ९२ औं मिनेटमा जर्सी नम्वर ७ का लुइसले गोल गरेका थिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै खेलको म्यान अफ द म्याच आरसका जर्सी नम्वर १० का मौस्सा घोषित भए ।

यस जितसँगै आरसले सेमिफाइनल यात्रा तय गरेको छ । आरसले सेमिफाइनलमा आगामी ५ गते विभागीय क्लब नेपाल आर्मीको सामना गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*