हेटौंडा–५ मा भलिबल प्रतियोगिता हुने

तु खबर संवाददाता
२०७७ फाल्गुन १२, बुधबार ०९:३३
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा भलिबल प्रतियोगिता हुने भएको छ ।

संजीवनी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा हेटौंडा–५ मा प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगिता आगामी शुक्रबार र शनिबार हुने भएको हो ।

यही फागुन १९ गतेदेखि संचालन हुने मेयर कप भलिबल प्रतियोगितामा सहभागी हुन वडाको टिम बनाउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।

पिप्ले युवा क्लबको संयोजनमा हुने उक्त प्रतियोगितामा विद्यालय, टोल विकास संस्था र विभिन्न क्लबहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*