उपाध्यक्ष विष्टलाई पदीय जिम्मेवारीमा फर्कन परमादेश जारी
मकवानपुर । उच्च अदालत पाटन हेटौँडा इजलाशले मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टलाई पुनः आफ्नो पदीय जिम्मेवारीमा फर्कन परमादेश जारी गरेको छ ।
न्यायाधीशहरु मोहम्मद साबीर हुसेन र चन्डिराज ढकालको संयुक्त इजलाशले उत्प्रेषण आदेशमार्फत् सबै प्रक्रिया खारेज गर्ने र उपाध्यक्ष विष्टलाई पुन कामकाजमा फर्कन पाउने गरि परमादेश जारी गरेको हो ।
विष्टले आफुले राजीनामा नदिएको भन्दै उच्च अदालत पाटन हेटौँडा इजलाशमा रिट दायर गरेकी थिइन् । उक्त रिटउपर अदालतले उपाध्यक्ष विष्टको पक्षमा फैसला गरेको हो ।
विष्टको पक्षमा अधिवक्ताहरु शुसिल कुमार पोखरेल, मदन दाहाल, अमृत लामा र शिवप्रसाद बञ्जाराले बहस गरेका थिए ।
विष्टले गएको मंसिर २९ गते बुझाएको राजीनामा पुस १७ गते गाउँपालिकाले स्वीकृत गरेको थियो ।
