मलेसियामा अवैधानिक कामदारलाई स्वदेश फर्किने अवसर

तु खबर संवाददाता
२०७७ मंसिर २८, आईतवार १५:४५
file photo

काठमाडौं । मलेसियाले अवैधानिक रूपमा बसिरहेका विदेशी कामदारलाई जरिवाना तिरेर स्वदेश फर्किन पाउने वा निश्चित प्रक्रिया गरेर मलेसियामा नै रोजगारी गर्न पाउने व्यवस्था गरेको छ ।

मलेसिया सरकारले रिक्यालिब्रेसन कार्यक्रमअन्तर्गत दुई वटा विकल्प अगाडि सारेको हो । जसअन्तर्गत मलेसियाले आफ्नो मलेसिया बसाईलाई वैधानिक बनाएर बस्न पाउने वा सहुलियत दरको जरिवाना तिरेर स्वदेश फर्किन पाउने अवसर विदेशी श्रमिकलाई दिएको हो ।

अवैधानिक रूपमा बसिरहेकाले अध्यागमन कार्यालयमा ५ सय मलेसियन रिंगिट तिरेर निश्चित प्रक्रिया पूरा गरी चेकआउट मेमो लिएर स्वदेश फर्किन सक्नेछन् । यसका लागि स्वदेश फर्किन चाहनेसँग राहदानी वा ट्राभल डकुमेण्ट तथा नेपाल फर्किने टिकटको बुकिङ गर्नुपर्ने व्यवस्था छ ।

यो कार्यक्रम २१ डिसेम्बदेखि सुरु हुँदैछ । उक्त कार्यक्रमअन्तर्गत स्वदेश फर्किन चाहनेहरूले अनिवार्य मलेसियाको अध्यागमन कार्यालयबाट चेक आउट मेमो लिएको हुनुपर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*