सुकौरामा विभिन्न पार्टी परित्याग गरी ६७ जना कांग्रेसमा प्रवेश
मकवानपुर । मकवानपुरगढी गाउँपालिका–७ सुकौरामा विभिन्न पार्छी परित्याग गरी ६७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस गढी ७ का सभापति सुनराज स्याङतानको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा शनिबार भएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा, राप्रपालषयत विभिन्न पार्टी परित्याग गरी ६७ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा नेकपा पुराना नेताहरु गोरखबहादुर पाख्रिन, पदमबहादुर योञ्जन, जयबहादुर योञ्जन, फुलमाया थिङ, राप्रपाका वडासदस्यका प्रत्यासी सन्तबहादुर मुक्तानलगायत नेकपा र राप्रपाका ६७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई नेता बानियाँले साधारण सदस्यता दिएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा जिल्ला सदस्य एवं संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्य एवं गढी ७ का वडाध्यक्ष सुर्यबहादुर रुम्बा, जिल्ला सदस्य एवं प्रशिक्षण विभाग सहसंयोजक दोर्जे लामा स्याङतान, प्रतिनिधिसभा २ का क्षेत्रीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, पूर्व जिल्ला सदस्य बलराम घिमिरे, गढी गाउँपालिका सभापति एवं २ नम्बर वडाअध्यक्ष बखान सिं पाख्रिन, १ नम्बर वडाअध्यक्ष आईत सिं लोलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
