काँग्रेसकी पूर्व सभासद् कौसर शाह नेकपा प्रवेश गर्दै

तु खबर संवाददाता
२०७७ मंसिर २७, शनिबार १३:५५

काठमाडौं । दोस्रो संविधानसभामा नेपाली काँग्रेसको तर्फबाट संविधानसभा सदस्य भएकी कौसर शाह सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएकी छन् ।

शाह शनिबार दिउँसो २ बजे नेकपा प्रवेश गर्न लागिएको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालले जनाएको छ ।

सचिवालयका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा शाहलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

यता काँग्रेसका मुस्लिम नेताहरुले संवैधानिक आयोगमा नियुक्तिको लोभमा शाहको नेकपा प्रवेश गर्न लागेकी आरोप लगाएका छन्।

संवैधानिक परिषदको बैठकको पूर्वसन्ध्यामा शाह नेकपा प्रवेश गर्न लागेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*