उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा मकवानपुरका सुमार्गी

तु खबर संवाददाता
२०७७ मंसिर १४, आईतवार १५:५१

मकवानपुर । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा मकवानपुरका अरुणराज सुमार्गी निर्वाचित भएका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघको तर्फबाट उम्मेदवार बनेका सुमार्गीले १ सय ५ मध्ये ६६ मत प्राप्त गरेर केन्द्रीय सदस्यमा निवाचित भएका हुन् ।

मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका सुमार्गी किशोर प्रधान प्यानलबाट चुनावमा होमिएका थिए ।

त्यस्तै रामेछाप उद्योग वाणिज्य संघको सिफारिसमा बागमती प्रदेशकोे तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका राजकुमार न्यौपाने भने पराजित भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष समेत रहेका न्यौपानले ५ मत मात्रै प्राप्त गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*