मनहरीमा विभिन्न पार्टी परित्याग गरी ७१ जना कांग्रेसमा प्रवेश
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ रुपाचुली फरिवाङमा विभिन्न पार्टी परित्याग गरि ७१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले स्वागत गरेका
हुन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य सन्तबहादुर प्रजा, जिल्ला सल्लाहकार भरत पराजुली, क्षेत्रीय सभापति लोक मोक्तान, महासमिति सदस्य रञ्जन कालाखेती, महाधिवेशन प्रतिनिधि जानकी लामा, मनहरी गाउँपालिका सभापति नारायण उप्रेति, नेताहरु इन्द्रबहादुर मोक्तान, ठाकुर तितुङ, नुरोज पौडेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम वडा सभापति कमल थिङको सभाध्यक्षतामा भएको थियो ।
