सुनको मूल्य एक हजारको दरले घट्यो, तोलाको कति ?
स्थानीय बजारमा आज पनि सुनको भाउ घटेको छ । नेपाली बजारमा सुनको भाउ प्रतितोला एक हजारको दरले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासङ्घका अनुसार, भाउ घटेसँगै आज छापावाला सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोवार भएको छ । मङ्गलबार प्रतितोला रु ९२ हजार ५०० मा कारोवार भएको थियो ।
यस्तै, मङ्गलबार प्रतितोला रु ९२ हजारमा कारोबार भएको तेजाबी सुनको भाउ पनि घटेको छ । भाउ घढेकोसँगै आज तेजावी सुनको भाउ प्रतितोला ९१ हजारमा कारोवार भएको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला रु २५ ले घटेको छ । मङ्गलबार प्रतितोला रु एक हजार १८० मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार १७५ मा कारोवार भएको छ । केही समय पहिले सुुनको भाउ प्रतितोला रु एक लाख दुई हजारसम्म पुगेको थियो ।
