मकवानपुरका न्यौपानेले दिए उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सदस्यमा उमेदवारी
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजकुमार न्यौपानेले नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको केन्द्रीय सदस्मा उमेदवारी दिएका छन् ।
निवर्तमान अध्यक्ष न्यौपानेले आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी आफुलाई मकवानपुर उद्योग वाणिज्य संघले सिफारिस नगरेपछि रामेछाप उद्योग वाणिज्य संघको सिफारिसमा उमेदवारी दिएको जानकारी दिएका हुन् ।
उनले आफुले उद्योगी व्यवसायीको हक–हितका क्षेत्रमा काम गर्ने प्रतिवद्धतासहित उमेदवारी दिएको बताए । उनले बागमती प्रदेशको उमेदवार भएकाले हेटौंडामानै महासंघ बागमती प्रदेशको सचिवालय स्थापना गर्ने बताए ।
न्यौपानेले आफ्नै पहलमा महासंघको बागमती प्रदेश स्तरीय आफ्नै भवन निर्माण गर्ने योजना समेत रहेको जानकारी दिए ।
न्यौपानेले आफ्नो मुख्य एजेण्डा प्रदेश संरचनालाई व्यवस्थित गर्ने, प्रदेशको जिल्ला नगर उद्योग वाणिज्य संघलाई बलियो र व्यवस्थित बनाउन सचिवालय निर्माण र कार्यालयहरु स्थापना गर्न आफुले कार्यकाल खर्चिने बताए ।
उद्योग व्यवसायमा पछिल्लो समय देखिएको विषम परिस्थितिको अन्त्य गर्दै औद्योगिक वातावरण सहज बनाउन आफुले समन्वयकारी खेल्ने उनको दाबी छ ।
