राक्सिराङ–४ मा भएको सेभेन ‘ए’ साइड फूटबल प्रतियोगिता समापन

तु खबर संवाददाता
२०७७ कार्तिक २७, बिहीबार ०९:४२

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ स्थित देवीटारमा दिपावलीको उपलक्ष्यमा गत कात्तिक २२ गतेबाट संचालन भएको फूटबल प्रतियोगिता हिजो कात्तिक २६ गते समापन भएको छ ।

प्रभात किरण युवा क्लब राक्सिराङ गापा–४ को आयोजनामा भएको सेभेन ‘ए’ साइड फूटबल प्रतियोगितामा आयोजक टिम प्रथम र पन्जनी समुह राक्सिराङ–४ द्धितिय भएको थियो ।

कार्यक्रमका प्रमुअ अतिथि जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानुकुमार लामाले बिजय फूटबल टिमका खेलाडीहरुलाई उपहार स्वरुप प्रमाणपत्रसहित क्रमशः खसी र बोका वितरण गरेका थिए ।

वितरण गरेको खसी र बोकाको मुल्य क्रमशः १४ हजार र ८ हजार रहेको विश्व शान्ति तथा एकीकृत संघ चितवन जिल्ला संयोजक जगतबहादुर थिङले जानकारी दिए ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ संचालन भएको उक्त खेलकुद प्रतियोगितामा राक्सिराङ गापा–४ का प्रतिभा किरण युवा क्लब, पंजनी समुह, जैसीन्टार समुह, चौकीटार समुह, टर्सीकोट समुह, भिमलटार समुह र राक्सिराङ समुहलगायत विभिन्न ११ वटा टिमले सहभागिता थिए ।

क्लबका अध्यक्ष दिनेशकुमार ब्लोनको सभापतित्वमा भएको कार्यक्रममा राक्सिराङ गापा–४ का वडाध्यक्ष सन्जय कोइराला र समाजसेवी इन्द्रजित ब्लोन, मनहरी युवा क्लबको अध्यक्ष सगुन स्याङ्तान, राक्सिराङ–४ का वडा सचिव मदनकुमार मोक्तान, वडासदस्य राजेन्द्र बल, युवा समाजसेवी सुदीप लामा, ओमशंखर स्याङ्तान, श्री राष्ट्रिय प्राविका पंजनीका प्रअ रत्नबहादुर मोक्तान र श्री आधारभूत विद्यायलय देवीटारका व्यवस्थापन समितिका अध्यक्ष मानसिङ घलानको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*