मकवानपुरकी निरुलाई अन्तराष्ट्रिय स्वर्ण

तु खबर संवाददाता
२०७७ कार्तिक २५, मंगलवार ०९:५५

मकवानपुर । काठमाडौमा भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपूमा मकवानपुरकी तेक्वान्दो डोजाङ खेलाडी एवम प्रशिक्षक निरु मगरले स्वर्णपदक जित्न सफल भएकी छन् । ४० वर्ष माथिको प्रतिस्प्रर्धामा मगरले नेपालको तर्फबाट स्वण्र्नपद जितेकी हुन् ।

च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका ३ सय ६२ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

च्याम्पियनसिपमा नेपालका १ सय ९० र हङकङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, सुरिनेम, थाइल्यान्ड मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका एक सय ७९१ खेलाडीले सहभागिता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*