काँग्रेसको केन्द्रीय बैठक सर्‍यो

तु खबर संवाददाता
२०७७ कार्तिक २१, शुक्रबार ०९:१८

काठमाडौं । आन्तरिक विवाद नसल्टिएपछि शुक्रबार बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असोज ११ गते केन्द्रीय कार्यालयमा दर्ता गराएका विषय सम्बोधन नभए बैठकमा नजाने भनिएपछि काँग्रेस केन्द्रीय बैठक सोमबारका लागि सारिएको हो ।

आन्तरिक विवादलाई अनौपचारिक बैठकमै टुंग्याउन पौडेल पक्षले जोड दिँदै आएको छ । बिहीबार बसेको तेस्रो दिनको अनौपचारिक बैठक सहभागीले धारणा राखेरै टुंगिएको छ । यो बैठक भने शुक्रबार पनि हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*