प्रतिनिधिसभाका सांसद मीन विश्वकर्माको उपचारमा सहयोग गर्न सरकारलाई कांग्रेसको आग्रह

तु खबर संवाददाता
२०७७ कार्तिक १६, आईतवार ०८:१७

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभाका सांसद मीन विश्वकर्माको उपचारमा सहयोग गर्न सरकारलाई आग्रह गरेको छ ।

विश्वकर्मा कोरोना भाइरसको संक्रमणका कारण अहिले ग्राण्डी अस्पतालमा उपचाररत छन्।

उनको स्वास्थ्य अवस्था विग्रँखै गएको भन्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले उपचारमा सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोनमार्फत आग्रह गरेका छन् ।

विश्वकर्माको स्वास्थ्य अवस्थाबारे खाँणले प्रधानमन्त्रीलाई टेलिफोन गरी जानकारी गराएको खाँणको सचिवालयले जनाएको छ।

फोक्सोको निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएका विश्वकर्मालाई ग्राण्डी अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको बताएको छ।

खाँणले शनिबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पनि टेलिफोन गरी विश्वकर्माको उपचारमा सहयोग गर्न आग्रह गरेका थिए।

‘प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई टेलिफोन गरी उहाँले नेता विश्वकर्माको उपचारमा गम्भीर बन्न र सहयोग गर्न आग्रह गर्नुभएको हो,’ खाँणको सचिवालयले भनेको छ।

विश्वकर्मालाई कात्तिक १ गते कोरोना संक्रमण देखिएको थियो। कोरोना देखिएपछि उनी केहि दिन होम आइसोलेसन बसेका थिए।

ज्वरो बढेको र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी वीर अस्पताल र पछिल्लो पाँच दिनदेखि ग्राण्डी अस्पतालमा छन्। उनलाई आइसियुमा राखेर पनि उपचार गरिएको थियो।

कात्तिक ९ गतेदेखि उनी अस्पतालमा छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*