राहत प्याकेजसम्बन्धि वार्ता अन्त्य गर्ने ट्रम्पको घोषणा

एजेन्सी
२०७७ आश्विन २१, बुधबार १०:०३
file-photo

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) ले थलिएको अर्थतन्त्रलाई राहत दिने प्याकेजबारेको छलफल तत्काललाई अन्त्य गर्न लागेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले आगामी ३ नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनपछि मात्रै सो कार्यक्रम पुनः सुरु गर्ने बताएका छन् । ट्रम्पले प्याकेजबारे तल्लो सदनको छलफल आगामी चुनावपछिसम्म स्थगित गर्न लागेको बताएपछि तरंग उत्पनन भएको छ ।

उनले राज्य र स्थानीय सरकारहरूका निम्ति डेमोक्र्याटहरूको आर्थिक मागलाई त्यसको कारणको रूपमा प्रस्तुत गरेका छन् ।

उनले भनेका छन्, ‘नोभेम्बरमा हुने चुनाव मैले जित्ने बित्तिकै कडा मेहनत गर्ने अमेरिकीहरू लक्षित राहत कानुन पारित गरिने छ।’

ट्रम्पको घोषणाले सहमतिको प्रयासमा धक्का पुर्‍याएको छ । तर अमेरिकी अर्थतन्त्रलाई कति राहत आवश्यक छ भन्नेबारे छलफल चलिरहेको छ।

डेमोक्र्याट समाभुख र अर्थमन्त्रीबीच बजेटसम्बन्धी वार्ता जारी छ। सभामुख पेलोसीले २० खर्ब डलरको सहायता प्याकेजमा जोड दिएकी छन्।

रिपब्लिकन सिनेटरहरूले त्यसको आधाभन्दा बढी रकमको प्याकेजमा समर्थन नगर्ने संकेत गरेका छन् । ट्रम्पले डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीमाथि सहमतिको उचित प्रयास नगरेको आरोप लगाउँदै आफ्नो समूहलाई वार्ता अन्त्य गर्न आग्रह गरेका छन्।

तर पेलोसीले राष्ट्रपतिले देशभन्दा आफूलाई प्राथमिकतामा राखेको बताउँदै त्यसको प्रतिवाद गरेकी छन्। ट्रम्पका चुनावी प्रतिस्पर्धी डेमोक्र्याट नेता जो बाइडनले अमेरिकी जनताका अघि पिठयूँ फर्काएको टिप्पणी गरेका छन् ।

ट्रम्पको घोषणापछि अमेरिकी शेयर बजारमा १ प्रतिशतले गिरावट आएको छ। अमेरिकाले अन्तर्राष्ट्रिय व्यापारमा १४ वर्षयताकै ठूलो घाटा व्यहोरेको देखाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*