जिसस मकवानपुरद्वारा स्थानीय तहहरुमा अनुगमन सुरु

तु खबर संवाददाता
२०७७ आश्विन १७, शनिबार १०:०५

मकवानपुर । जिल्ला समन्व्य समिति मकवानपुरले जिल्लाका स्थानीय तहहरुमा अनुगमन सुरु गरेको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिक अन्तरगतको अनुगमन जिल्लाको पुर्वी बागमती गाउँपालिकाबाट सुरु गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको अनुगमन टोलीले स्थानीय तहहरुमा नीति, कार्यक्रम तथा बजेट पारित भए अनुसार कार्यान्वयनको अवस्था, उपभोक्ता समिति गठन, लागत अनुमान लगायत, कोरोना भाइरसले पारेको प्रभाव, रोकथामका लागि अवलम्बन गरेका उपाएका बारेमा छलफल गर्नुका साथै विभिन्न योजनाहरुको अनुगमन समेत गरेको छ । यस्तै टोलीले जिससको मौजदात कोषको रकमबाट सञ्चालित र चालु आर्थिक वर्षमा सञ्चालन हुने आयोजनाका सम्बन्धमा छलफल तथा अनुगमन गरेको प्रमुख खुलालले जानकारी दिए ।

अनुगमन टोलीलार्इ गाउँपालिका अध्यक्ष सर्केश घलाननले चालु आर्थिक वर्षका लागि चालु तर्फ १५ करोड ५१ लख १४ हजार र पूँजीगत तर्फ १६ करोड ४१ लाख २५ हजार गरी कुल ५३ करोड २९ लाख ८५ हजार बराबरको बजेट विनियोजन गरेको जानकारी दिए । टोलीलाई जानकारी दिँदै अध्यक्ष घलानले हालसम्म गाउँपालिकाबाट ऐन, नियम, कार्यविधि गरी ४७ वटा तयार गरेको बताए ।

यस्तै उनले हालसम्म २६० जनाको कोरोना परिक्षण गरिएको मध्ये स्थानीय दुईजना र बाहिरका दुईजना गरी ४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उनले गाउँपालिकाले कोरोना भाइरसका सन्र्दभमा क्वारेन्टाईन सञ्चालन गरेकोमा अब १० बेडको क्वारेन्टाईन तयार गर्न लागेको समेत बताए । यस्तै अध्यक्ष घलानले अनुगमन टोलीलाई स्थानीय तहमा विकास निर्माणका काममा वन कार्यालय बाधक बनेको गुनासो गरे । विकास निर्माणका काममा अनावश्यक रूपमा वन कार्याललयले हस्तक्षेप गर्ने गरेको गुनासो उनले गरे ।

त्यस्तै उनले प्रदेश सरकारबाट प्राप्त बजेट कार्यान्वयनका सन्र्दभमा विभिन्न जिल्ला धाउनु पर्ने, प्रदेश सरकारबाट कार्यान्वयन हुने कार्यक्रमका बारेमा स्थानीय तहलाई अन्त्यमा मात्र थाहा हुने जस्ता समस्या रहेको गुनासो गरे । यस विषयमा जिल्ला समन्व्य समितिबाट समन्वयको अपेक्षा गरेको अध्यक्ष सर्केश घलाननले बताए । उनले बालमैत्री गाउँपालिका बनाउने उदेश्यका साथ काम सुरु गरेको भन्दै बालमैत्री गाउँपालिका बनाउन जिससलाई सहयोग गर्न आग्रह समेत गरे ।

अनुगमनका क्रममा जिसस प्रमुख खुलालले बालमैत्री गाउँपालिका घोषणा गर्ने सन्दर्भमा जिससबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । उनले कोभिडका सन्दर्भमा समुदायमा विभिन्न नकारात्मक प्रबृतिहरु बढेकोले त्यसको नियन्त्रण गर्न सुझाव दिए ।
यस्तै प्रमुख खुलालले चालु आर्थिक वर्षको बजेट समयमै खर्च गर्न र शुसासनका क्षेत्रमा ध्यान दिन समेत गाउँपालिकालाई सुझाव दिएका छन् । उनले अघिल्लो वर्षको तुलनामा गाउँपालिकाले धेरै कुरामा सुधार गर्दै गएको समेत बताए । अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, गाउँपालिकी उपाध्यक्ष धनमाया स्याङ्तान, सदस्यहरु सिता अधिकारी, सरिता बिश्वकर्मा, नायब सुब्बा उपेन्द्रनाथ पोख्रेललगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*