बीपी कोइराला प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

तु खबर संवाददाता
२०७७ कार्तिक ६, बिहीबार १४:२९

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

संक्रमणबाट सुनसरीको इनरुवा –१ का ८३ वर्षीय वृद्धको मृत्यु भएकोहो ।

उनको बिहीबार बिहान २ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशीष श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मृतकमा उच्च रक्तचाप, मधुमेह र मुटु सम्बन्धी पुरानै समस्या रहेको थियो ।

३ कात्तिकमा कोरोना पुष्टि भएका वृद्धलाई त्यही दिन उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

मृतकको शव व्यवस्थापन नियम अनुसार भइरहेको डा. श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*