बागमती प्रदेशकी सांसद मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७७ आश्विन १३, मंगलवार १४:३८
file-photo

मकवानपुर । बागमती प्रदेशसभाकी सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

ललितपुरको विध ल्याबमा गरिएको पीसीआर परीक्षणमा सिग्देलमा कोरोना संक्रमण पुष्टि भएको हो ।

घाँटी दुखेपछि सिग्देलले स्वाब परीक्षण गरेकी थिइन्।

उनी अहिले काठमाडौंस्थित घरमा होम आइसोलेसनमा बसेकी छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले बतायो ।

सिग्देल असोज ५ गते निजी सवारी साधनमा काठमाडौं र्गकी थिइन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*