आज बेलुका ५ गते मन्त्रिपरिषद् बैठक बस्दै, कोभिड–१९ बारे निर्णय हुने
काठमाडौं । बिहीबार बेलुका मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक बेलुका ५ बजेलाई बोलाइएको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
मन्त्रिपरिषद्को नियमित बैठक साताको सोमबार र बिहीबार बस्ने गरेको छ । उक्त बैठकमा सम्भवतः स्वास्थ्य मन्त्रालयको प्रस्तावमा कोभिड–१९ सँग सम्बन्धित केही निर्णयहरु हुन सक्ने मन्त्री ज्ञवालीको भनाइ छ ।
