डोदोन छ्योइलिङ बौद्ध गुम्बा

तु खबर संवाददाता
२०७७ आश्विन ६, मंगलवार १८:५५

मकवानपुर । गुरु पध्मसम्भवको प्रतिमा (मूर्ति) निर्माण विशेष त्रिकालंका बुद्ध (दुईसुम साङगे) गुरुपध्मसमभवको संक्षित्त जीवनी
ऐतिहासिक पृष्ठभुमि र बौद्ध धर्मग्रन्थअनुसार गुरु पध्मसम्भवको जन्म आठौँ शताब्दीमा भारत बर्षको ओडियन (हाल पाकिस्तानको स्वाट उपत्यका) भन्ने ठाउँमा कमलको फूलबाट भएको थियो ।

उनको जन्मपश्चात सोही स्थानका तत्कालिन राजा इन्द्रबोधीले केही समय पुत्र (राजकुमार) का रुपमा राखेका गुरु पध्मसम्भवले प्रसिद्ध नालन्दा बौद्ध विश्वविद्यालयमा समेत अध्ययन गरेको र उनी आफैँमा पनि एक सिद्धिप्राप्त, महान, शक्तिशाली, तान्त्रिक गुरुका रुपमा स्थापित हुनुहुन्थ्यो ।

गुरु पध्मसम्भवले विशेषगरी विभिन्न स्थानमा बौद्धधर्म नष्ट गर्न लागि परेका दृष्ट राक्षस, दानवलाई वसमा ल्याउने तथा निर्मुल पार्ने कार्य गरे । यसैक्रममा तिब्बतका राजा ठीसोङ देउचेनको आमन्त्रणमा तिब्बतसमेत पुगेर त्यहाँ रहेका विभिन्न समस्याहरुको समाधान गर्दै सफलतापुर्वक प्रसिद्ध सामे ल्हाखाङ (गुम्बा)को स्थापना गरेका थिए ।

गुरु पध्मसम्भवले बौद्धधर्मको संरक्षण र सम्वद्र्धनमा निर्वाह गरेकोे अहम भुमिकाबारे हामी थुप्रै तथ्य प्रमाण समेत प्राप्त गर्न सक्छाँै । उनको बारेमा थप विस्तृत रुपमा थाहा पाउन वा जान्नका लागि बौद्ध गुम्बाहरुमा अध्ययन अनुसन्धन गर्ने सो सम्बन्धि जानकार व्यक्ति एवम् धर्मगुरुहरुसँग बुझ्न सकिन्छ ।

पुष्ठभुमि

गुरु पध्मसम्भव तिब्बत जाँदा र त्यहाँबाट फर्कने क्रममा नेपालले समेत थुप्रै स्थानमा विश्राम, ध्यान आदि गर्दा त्यस ठाउँका राक्षस, दानवहरुलाइ वशमा लिई तीर्थका रुपमा स्थापना गरेका थिए । ( केही स्थानहरु मुक्तिनाथ, फर्पिङ, ऋषेश्वर, खोटाङ हलेसी, काभ्रे तेमाल इत्यादि ।

यी विभिन्न स्थानमाध्ये ऋषेश्वर जुन मकवानपुर जिल्लाको उत्तरी भेग थाहा नगरपालिकाको पर्यटकीयस्थल दामन नजिक छ । जहाँ गुरु पध्मसम्भव आइपुग्दा त्यस ठाउँमा शक्तिशालि राक्षसको बासस्थान रहेको र ती राक्षसहरुले आसपासका गाउँका बालबलिकालाई आफ्नो शिकार बनाउने र मानव जातिलाई असहनीय दुःख दिने गथ्र्याे ।

सो स्थानमा गुरुले विश्राम ध्यानमा बस्दा हुँदा त्यस्ता कुराहरु सब देखेपछि ती राक्षसहरु आफ्नो शक्ति प्रदर्शन गर्दै गुरुमाथि आइलागे र गुरुलाई पराजित गर्न भरसक प्रयास गरे । अन्तत : गुरु पद्यसम्भवले राक्षसलाई वशमा लिए । र त्यो राक्षस समेत गुरुको शरणमा परे ।

त्यसै समयमा गुरुले जलपानका लागि सोही स्थानमा आफ्नो बज्ञ्र र त्रिशुलको सहायतले ढुंगाबाट पानीको फोहोरा निकालेका थिए । जुन पानीलाई छ्युमी ज्याङछ्युब ( बोधीसत्व जल फोहोर फोहोरा ) नामकरण गरे । त्यसैले बौद्धमार्गीहरु उक्त तिर्थलाई पनि सोहि नाम छ्युमि ज्याङछ्युब ( बोधिसत्व जल फोहोरा ) भनेर चिन्ने गर्छन् । अहिले उक्त जल सबै तिर्थयात्रीले शुद्ध जल (अमृत) का रुपमा ग्रहण गर्छन् ।

त्यस बेला ती राक्षसहरुले मान्छेका बालबच्चाहरुलाई आफ्नो शिकार बनाउनका लागि ल्याउदै हेटौँडा–१९ नेवारपानीभन्दा केही दुरीमा अवस्थित हालको कोलगैरी भन्ने ठाउँमा लुकाउने गरेको किम्बदन्दी छ । गुरु पध्मसम्भवले निकालेको उक्त जललाइ गुरुले अमृतका रुपमा छर्किदा जलको केही अशं कोलगैरि गाउँ हुँदै नेवारपानी हालको गुम्बा निर्माण गरिएको क्षेत्रको आसपासमा समेत परेको र सोही पानीको अंशबाट उत्पन्न भएको मुहानको पानी गुम्बा परिवारले प्रयोग गर्दै आएको छ ।

महत्व

धर्मग्रन्थ र विशिष्ट धर्म गुरुहरुको भनाइअनुसार गुरु पध्मसम्भवलाई सझिने वा उनको मन्त्र उच्चारणमात्र गर्नाले पनि विघ्नवाधा हट्नुका साथै असिम पुण्य सञ्चय गर्न सकिने विश्वास छ । अझ उनको थाङ्का वा प्रतिमा नै स्थापना गर्न सकियो भने त्यसको प्रभवले समस्त प्राणिको उद्दार, पुर्व जन्मको कुकर्मको प्रायश्चित, मानव जीवन सुन्दर, विघ्न बाधारहित शान्तिमय हुने, विश्वमा शान्ति फैलिने र मोक्ष प्राप्त गर्न सकिन्छ ।

भौगोेलिक/भौतिक दृष्टिकोणबाट पनि यस स्थानलाई धार्मिक पर्यटकिय स्थलका रुपमा परिचित गराउने उदेश्यले २०६२ साल देखि गुम्बा स्थापना गरी निरन्तर रुपमा धर्मीक कार्यहरु सञ्चालन गर्नुका साथै आवश्यक संरचनाहरु निर्माण गर्दै आइरहेको सर्वविदितै छ ।

एैतिहसिक पृष्ठभूमिलाई हेर्दा यो स्थानसँग गुरु पध्मसम्भवका सम्बन्धहरु भेटिन्छन । यसै कारण पनि यस ठाउँमा गुरु पध्मसम्भवको मुर्ति (प्रतिमा) स्थापना गर्न सकियो भने अझ अर्थपुर्ण हुने देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*