राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधीन बनाउन सक्छ – कमल थापा

तु खबर संवाददाता
२०७७ आश्विन ५, सोमबार ०९:०८
file-photo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिको रुपमा स्थापित गर्ने बताएका छन् ।

हिजो आइतबार पार्टीका जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरुसंग भर्चुवल बैठक गर्दै उनले नेपालको भू– राजनैतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधीन बनाउन सक्ने बताए ।

पार्टीका विषयमा रहेका भ्रमलाई चिर्न निर्देशन दिँदै थापाले युवा पुस्ताको बलमा राप्रपालाई उठाउनुपर्ने र मुलुकलाई सही दिशा दिनुपर्नेमा जोड दिए।

राप्रपाको एकतालाई चाँडोभन्दा चाँडो टुङ्गो लगाई मुलुकले खोजेको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने कार्यलाई उच्च प्रथमिकताका साथ अगाडि बढाउने र राप्रपालाई वैकल्पिक शक्तिको रुपमा भरोशायोग्य शक्ति बनाउने अध्यक्ष थापाले बैठकमा सहभागीलाई विश्वास दिलाए।

पार्टी एकतालाई जोगाउँदै सिद्धान्त र विचारलाई बलियो बनाउन आफू इमानदारीपूर्वक लाग्ने थापाले बताए।

गलत र त्रुटिपूर्ण मार्गचित्रका कारण देश दिनप्रतिदिन समस्याको दलदलमा फस्दै गएको चर्चा गर्दै अध्यक्ष थापाले धर्म, संस्कृति, पहिचान र स्वभिमान रक्षाको निमित्त नयाँ पुस्ता बढी सचेत हुनुपर्ने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*