कतारबाट स्वदेश फर्कने तेश्रो सूचीमा मकवानपुरका ६ महिलासहित ७८ जना

तु खबर संवाददाता
२०७७ श्रावण ३०, शुक्रबार ०९:३८

कतारबाट स्वदेश फर्कने तेश्रो सूचीमा मकवानपुर का ७८ जना परेका छन् ।

नेपाली राजदूतावास दोहा कतारले कतारबाट स्वदेश फर्कन पर्ने नेपालीको सूचीमा मकवानपुरका ७८ जनाको नामावली प्रकाशित गरेको छ । जसमा ६ महिला र ७२ जना पुरुष रहेका छन् ।

दूतावासद्वारा जारी सूचीमा मकवानपुरका १६ जना बेतलबी बिदामा, २७ जना कतार आइडी र भिसाको म्याद सकिएको र ३५ जनाले रोजगारी गुमाएको र श्रम करार अवधि समाप्त भएकाले उनीहरुलाई घर जाने सूचीमा राखिएको छ ।

दूतावासले  २६ जुनदेखि ११ अगष्ट २०२० सम्म दूतावासको सम्पर्कमा आएका तथा फारम भरेकाको सूची सार्वजनिक गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*