एकैदिन ९ सयले घट्यो सुनको भाउ, कतिमा कारोबार हुँदैछ ?
काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आज सुनको भाउ घढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।
केही हप्तादेखि निरन्तर बढेर ऐतिहासिक मूल्य कायम भएको सुनको भाउमा आईतबार समान्य गिरावट आएको हो ।
भाउ घटेसँगै आइतवार छापावाला सुन प्रतितोला एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रवार एक लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुनको पनि भाउ घटेको छ । भाउ घटेसँगै नेपाली बजारमा आज तेजावी सुनको भाउ प्रतितोला एक लाख २ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतवार चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेको छ । भाउ बढेसँगै आज चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्य १४ सय ५ रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।
