सुन तस्करी प्रकरण : कमलादीबाट गायब झोलाको सुन प्रहरीको कोठामा भेटियो

तु खबर संवाददाता
२०७७ श्रावण १६, शुक्रबार १४:०१
file-photo

काठमाडौं । आधा किलो सुन र साढे १४ किलो चाँदी तस्करी प्रकरणमा मुछिएका १ जना प्रहरी जवानको कोठाबाट थप १ किलो पहेँलो धातु बरामद भएको छ ।

महानगरी प्रहरी वृत्त दरबारमार्गमा कार्यरत प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठाबाट आज १ किलो पहेँलो धातु बरामद भएको हो ।

नारायणथानस्थित उनको कोठाबाट १ किलो पहेँलो धातु बरामद भएको र उक्त वस्तु सुन हो वा नक्कली धातु हो भन्नेबारेमा परीक्षण भइरहेको काठमाडौं परिसरका एक अधिकारीले शिलापत्रलाई जानकारी दिए ।

घटनामा संग्लन जवान श्रेष्ठ र अर्का १ जना प्रहरीलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको ती अधिकारीले बताए ।

मंगलबार कमलादीबाट बरामद गरिएको भनिएको आधा किलो सुन र साढे १४ किलो चाँदी प्रकरण विवादमा परेपछि दरबारमार्गका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जन दाहाललाई त्यहाँबाट हटाएर उनको स्थानमा रामेश्वर पौडेललाई ल्याइएको छ ।

घटनाको थप अनुसन्धान गर्न एसएसपी सुशील यादवको नेतृत्वमा एक छानबिन समिति गठन गरिएको छ ।

स्रोतः शिलापत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*