अब विद्यालयलाई क्वारेन्टाइन र आइसोलेशन सेन्टर नबनाउन सरकारको निर्देशन
काठमाडौं । सरकारले अब विद्यालयहरूलाई क्वारेन्टाइन र अइसोलेशन सेन्टरको रुपमा प्रयोग नगर्न निर्देशन दिएको छ ।
सरकारका प्रवक्ता युवराज खतिवडाले गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय प्रस्तुत गर्दै जानकारी गराएका हुन्।
सरकारले कोरोना रोकथाम र नियन्त्राणको लागि भारत लगायत तेस्रो मुलुकबाट आउनेहरूलाई राख्न छुट्टै क्वारेन्टाइन अभाव भएपछि सामुदायिक विद्यालयहरुलाई नै प्रयोग गर्दै आएको छ।
पछिल्लो समय भने धेरै मानिस क्वारेन्टाइन बसाइ सकेर घर फर्किएपछि खाली हुँदै गरेका विद्यालयहरूलाई अध्यापन सुरू गर्नलाई तयार पार्न सरकारले यस्तो निर्देशन दिएको हो।
