भारतमा आज ३७ हजार भन्दाबढी कोरोना संक्रमित थपिए

एजेन्सी
२०७७ श्रावण ६, मंगलवार १३:५१
filr-photo

भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् ।

सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार १ सय ४८ जना कोरोना भाइरस संक्रमित थपिएका हुन् ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ५ सय ८७ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ ।

त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २८ हजार ८४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ११ लाख ५५ हजार १ सय ९१ पुगेको अधिकारीहरुले जनाएका छन् ।

भारतमा अहिले पनि ४ लाख २ हजार ५ सय २९ जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख २४ हजार ५ सय ७८ जना संक्रमणमुक्त भएका छन् ।

कोरोनाबाट भारतमा सबैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा ३ लाख १८ हजार ६ सय ९५ जना संक्रमित भएका छन् भने संक्रमणको कारण १२ हजार ३० व्यक्तिको मृत्यु भएको छ ।

त्यसपछि तमिलनाडुमा १ लाख ७५ हजार ६ सय ७८ संक्रमित रहेका छन् । राजधानी समेत रहेको दिल्ली प्रदेशमा १ लाख २३ हजार ७ सय ४७ कोरोना भाइरस संक्रमित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*