बागमती प्रदेशलाई नमुना शहर र हरित नगरि बनाउने मन्त्री फुयालको प्रतिवद्धता
मकवानपुर । बागमती प्रदेश भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले नयाँ सोच र चिन्तनका साथ प्रदेशलाई नमुना शहर र हरित नगरि बनाउने राष्ट्रिय सरोकारको विषयमा निश्चित समयभित्र योजना कार्यान्वय गर्ने तहमा राष्ट्र सेवक, कर्मचारीहरुको भूमिका सकरात्मक र लगानशील हुनुपर्ने बताएका छन् ।
मन्त्री फुयालले उक्त मन्त्रालयका सचिव तेजराज भट्टबीच आर्थिक वर्ष २०७७/०७८ को लागि कार्यसम्पादन करार सम्बन्धि सम्झौतामा आज हस्ताक्षर गर्दै सो कुरा बताएका हुन् ।
उनले बागमती प्रदेशको १३ वटै जिल्लामा खानेपानीको समुचित व्यवस्था गर्ने र गरिबीको रेखा मुनि रहेका जनताहरुको खरको छानोलाई अब यसै आर्थिक वर्षभित्र जस्ताको छानोमा परीणत गर्ने सरकारको लक्ष्यप्रति दृष्ढ रहेको बताए ।
उनले पोष्टबहादुर बोगटी भीमफेदी –कुलदेखानी सुरुङमार्ग निर्माणको क्रममा केही हप्ताभित्रै अन्तराष्ट्रिय स्तरको टेन्डरको मन्त्रालयले निर्माण व्यवसायको लागि सूचना जारी गर्न लागेको पनि जानकारी दिए ।
त्यस्तै, मन्त्रालयका सचिव तेजराज भट्टले चालु आव ०७७/०७८ को लागि प्रदेश सरकारले गरिने आफ्नो कार्य सम्पादनलाई सहज र छिटोछरितोका साथ विनियोजित बजेट अन्तरगत रहेका विभिन्न योजनाहरुलाई नियमित पारदर्शीका साथ कार्यसम्पाद गर्ने विश्वास व्यक्त गरे ।


