शेयर कारोबारमा उच्च अंकको बृद्धि

तु खबर संवाददाता
२०७७ श्रावण ४, आईतवार १२:४८

काठमाडौं । कोरोना महामारीका कारण सरकारले घोषणा गरेको लकडाउन (बन्दाबन्दी) अझै खुलिसकेको छैन । तर, पुँजी बजार अन्तर्गतको शेयर कारोबार भने उच्च अंकले बृद्धि भएको छ ।

आइतबार नेपाल स्टक एक्सचेन्जमा शेयर बजारको मूल्य उच्च विन्दुमा पुगेको छ । आइतवार जम्मा २० मिनेट कारोबार हुँदा शेयर बजारको अंक अत्याधिक बृद्धिका कारण सर्किट लागेर बजार नै बन्द भयो । मौद्रिक नीतिको सकारात्मक प्रभाव परेका कारण शेयर बजारमा उच्च मूल्य बृद्धि भएको हो ।

कारोबार सरु भएको ६ मिनेटदेखि नै बृद्धि भएको शेयर बजार अपरान्ह साढे १२ बजे ६ प्रतिशतभन्दा बढि मूल्यबृद्धि भएपछि कारोबार बन्द भएको हो । आइतबार नेप्से परिसूचक एक हजार चार सय ७९ पुगेको छ ।

आइतबार कूल ६ करोड २५ लाख ६६ हजार २९३ रुपैयाँको कारोबार भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*