बिहिबार सुनको भाउ घट्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ ?
काठमाडौं । नेपाली बजार बिहिबार आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महानसंघका अनुसार, बुधवारको बिहिवार नेपाली बजारमा सुन प्रतितोला एक सय रुपैयाँले घटेको हो ।
बिहिबार छापावाल सुन प्रतितोला ९२ हजार ७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि घटेको छ । बुधबार ९२ हजार ३ सय ६० रुपैयाँ तोकिएको तेजावी सुन बिहिबार एक सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
