आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

तु खबर संवाददाता
२०७७ असार ३१, बुधबार ११:३८
file photo

काठमाडौं । नेपाल बजारमा आज बुधवार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधवार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको जनाएको छ ।

एकैदिन सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेसँगै आज छापावाल सुन प्रतितोला ९२ हजार ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि छापावाल सुन सबैभन्दा बढी ९२ हजार २ सय पुगेको थियो ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि बढेको छ । बुधवार तेजावी सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो । भाउ बढेसँगै नेपाली बजारमा तेजावी सुन प्रतितोला ९२ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार, बुधबार चाँदी प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलामा ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*