भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो, संक्रमितको संख्या ८ लाख ७८ हजार

एजेन्सी
२०७७ असार २९, सोमबार १२:२७
file-photo

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म भारतमा कोरोना भाइरसको कारण २३ हजार १७४ जनाको मृत्यु भएको छ ।

त्यस्तै, भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख ७८ हजार २५४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २८ हजार ७०१ नयाँ संक्रमित थपिएका छन् ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म दुई लाख ५४ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने १० हजार २८९ जनाको मृत्यु भएको छ । तामिलनाडुमा एक लाख ३८ हजारभन्दा धेरै संक्रमित फेला पर्दा अहिलेसम्म एक हजार ९६६ जनाको मृत्यु भइसकेको छ ।

दिल्लीमा पनि एक लाख १२ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने तीन हजार ३७१ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा पाँच लाख ५३ हजार ४७१ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*