सोमबार सुनको भाउ बढ्यो, कति पुग्यो तोलाको ?

तु खबर संवाददाता
२०७७ असार २९, सोमबार १२:०३
file-photo

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार आइतवारको तुलनामा सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको हो ।

सोमवार भाउ बढेसँगै छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतवार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको पनि भाउ बढेर प्रतितोला ९१ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार तेजावी सुन प्रतितोला ९१ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, सोमवार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ । भाउसँगै बजारमा चाँदी प्रतितोला ९९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*